Header Addपत्रपत्रिकासमाचारस्थानीय तह विशेष
दलित महिला पत्रकारले पाइनन् तिजकाे पुजागर्न मन्दिरमा प्रवेश

बाजुरा। बाजुराको पादुका मन्दिरमा तीजको पूजा गर्न गएका दलित महिलाहरूमाथि जातीय विभेद भएको छ। रमिता विश्वकर्मा लगायत महिलामाथि पण्डित मष्टिप्रसाद उपाध्यायले विभेद गरेका हुन्।
बुढिनन्दा नगरपालिका वडा नम्बर १ मा रहेको पादुका मन्दिरमा पण्डित उपाध्यायले ती महिलाहरूलाई दलित भएकै कारण मन्दिर प्रवेशमा रोक लगाएका हुन्।
उनिहरु ‘एकपछि अर्कोगरी पालैपालो पूजाआजा भइरहेको थियो स्थानीय पत्रकार रमिता विश्वकर्मा सहितको पालो आयो। तर उनलाई अरुलाई जस्तै मन्दिरका पूजारीले मन्दिर प्रवेश गर्न दिएनन्। पूजाआजाका लागि भेनेर पुगेको , मन्दिरको ढोका नै बन्द गरे।’
जिल्ला प्रशासन कार्यालय, बाजुराले घटनाबारे जानकारी प्राप्त नभएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा सहायक प्रजिअ सितल रावतले घटनाबारे जानकारी लिने बताएका छन् ।


