नेपाली कम्युनिस्ट पार्टी जाजरकोटले सातै स्थानीय तहमा बैठक सम्पन्न

धन बहादुर नेपाली
माघ १४गते जाजरकोट
जाजरकोट जिल्लामा नेपाली कम्युनिस्ट पार्टीले फाल्गुन २१ हुने प्रतिनिधि सभा निर्वाचनकाे लागि सातै स्थानीय तहमा पार्टी बैठहरु सम्पन्न गर्दै अभियान लाई अगाढि,बढायकाे छ।


संघिय निर्वाचन क्षेत्र १ मात्र भएकाे जाजरकोट जिल्लामा नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य लाेकप्रिय युवा नेता प्रखर वक्ता शक्ति बहादुर बस्नेत उम्मेदवार छन ।यस पटक आफ्नो चाैथाैं पटक जितेकाे लागि मैदानमा छन।

जाजरकोट जिल्ला बिकास र समृद्धि लागि महत्त्वपूर्ण याेगदान गरेका बस्नेत जाजरकोटि मतदाताकाे राेजाई काे केन्द्र मा छन ।प्रतिनिधि सभामा २०७०, २0७४ र २०७९ सालमा जित हासिल गरेका बस्नेत गृहमन्त्री ,स्वास्थ्य ,उर्जा ,वन मन्त्रालय समेतकाे जिम्मेवारी कुसलता साथा पूरा गरेका बस्नेत लागि सबै मतदाताकाे राेजाईकाे केन्द्रमा छन ।

जाजरकोट जिल्ला बाट समानुपातिक लाेकप्रिय नेत्रि पार्वती बि क दलित महिलाकाेटा बाट १ नम्बर छन,सबै माझ लाेकप्रिय छावि बनाएका कृष्ण बहादुर बि सि पिछडिएको क्षेत्र बाट १ नम्बर छन भने सातै पालिकाम नेकपाले बैठक सम्पन्न गरि वडा ,टाेल तिर अगाडि बढेकाे छ। उक्त चुनावी अभियान काे नेतृत्व युवा नेता प्रखर वक्ता रामादिप आचार्यले गरेका छ उनकाे नेतृत्वमा ५00 जनाकाे निर्वाचन परिचालन समिति गठन गरेकाे छ।

