Header Addसमाचार
ई भी गाडी दुर्घटना १७ जना घाइते

सुर्खेतको वीरेन्द्रनगर–११ ठुलो ब्युरेनि नजिक रत्नराजमार्गमा आइतबार बिहान करिब ४:१० बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ ख ११२९ नम्बरको इ–भि गाडी सडकदेखि करिब ५–६ मिटर तल खस्दा १७ जना घाइते भएका छन्।

घाइतेमध्ये ८ जनाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा र ९ जनाको देउती नर्सिङ होममा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घाइतेहरुमध्ये सबैको अवस्था सामान्य रहेको र गम्भीर दुर्घटना नदेखिएको प्रहरीले जनाएको छ।

दुर्घटना स्थलमा प्रहरी निरीक्षक वकिल सुनारको कमाण्डमा ७ जनाको टोली खटिएको छ।



