अन्तर्राष्ट्रियसमाचारस्वास्थ्य

रुपन्देही सञ्जाल अष्ट्रेलियाद्धारा रक्तदान

मेचीकाली संवाददाता

२४ मंसिर २०८१, सोमबार

सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको आयोजना फेडरेशन अफ नेप्लिज कम्यूनिटी एसोसियन अष्ट्रेलिया (फेन्का) न्यू साउथ वेल्थ तथा नेप्लिज ब्लड डोनर्स एसोशियन अष्ट्रेलियाको सहकार्यमा सिडनीमा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

लाइफ ब्लड सेन्टर टाउनहलमा गरिएको रक्तदानमा एक सविना वश्यालले प्लाज्मा दान गरेकी छन् भने ७ जना मुक्तिराम पोखरेल, दिवाकर काफ्ले, सरोज पाण्डे, सञ्जन उप्रेती, शंकर शर्मा, राजु खनाल र प्रदिप खनालले होल ब्लड रगत दान गरेको सञ्जालका पूर्व अध्यक्ष मुक्तिराम पोख्रेलले बताए । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा शुभकामना ब्यक्त गर्दै रक्तदान आफैमा जीवनदान भएकोले यति महत्वपूर्ण कार्य गरेकोमा उच्च प्रशंसा गरे ।

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको यो कार्यले नेपाली समुदाय अष्ट्रेलियामा रहेर पनि सामाजिक तथा कल्याणकारी कार्यमार्फत् नेपाली समुदायको पहिचान राख्न सफल भएको र यसबाट रगतको अभाव पूर्ति गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । सो अवसरमा सञ्जालका अध्यक्ष दिवाकर काफ्ले, महासचिव सूचना पाण्डे, फेन्का का न्यू साउथ बेल्थका डेपुटी कोअर्डिनेटर मुक्तिराम पोखरेलले कार्यक्रमको उद्धेश्य तथा महत्वमाथि प्रकाश पार्दै अष्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ती गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने प्रतिवद्वता ब्यक्त गरे ।

कार्यक्रममा फेन्का अष्ट्रेलियाका उपाध्यक्ष डा. मधुसुदन पुडासैनि, सञ्जालका संस्थापक अध्यक्ष राज खनालसहित रञ्जिता भण्डारी, प्रदीप पन्थी लगायतले आगामी दिनमा पनि यस्ता कल्याणकारी काममा अगुवाई गर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button