Header Addप्रदेशसमाचार
बाढीले बगाउँदा बर्दियाका ५ जना बेपत्ता

बर्दिया — कामको सिलसिलामा रसुवा पुगेका बर्दियाका ५ जनालाइ बाढीले बगाउँदा बेपत्ता भएका छन् ।
तीन जना बारबर्दिया नगरपालिका–१० का ३६ वर्षीय जिवन चौधरी ३२ वर्षीय सन्तोष दहित र २५ वर्षीय बुद्धिराम चौधरी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
यसै गरी बढैयाताल गाउँपालिका–६ भदहीका २९ वर्षीय लक्ष्मीनारायण थारु र बारबर्दिया–९ का ३० वर्षीय सुरेश थारु बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जनाए ।
बारबर्दिया–१० का वडा अध्यक्ष रणबहादुर चौधरीले यसै वडाका तीनै जना हाइड्रोपावरमा काम गर्न गएको बताए । बुद्धिराम र सन्तोष गत माघमा र जिपन जेठ महिनामा रसुवा गएको वडा अध्यक्ष चौधरीले जनाए ।



