Header Addसमाचारसुरक्षा र कुटनितीस्थानीय तह विशेष
डाेल्पामा गाडि दुर्घटना १ काे गयाे ज्यान

डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८,डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।
प्रारम्भिक विवरणअनुसार जिपमा चालकसहित १४ जना सवार थिए । चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

