Header Addसमाचारस्थानीय तह विशेषस्वास्थ्य

जंगली विषालु च्याउ खाँदा एकैघरका ३ जना अस्पतालमा

जाजरकोटको / जाजरकोट भेरी नगरपालिका–२ राङ्सी निवासी एकै परिवारका तीन जना विषालु जंगली च्याउ खाँदा बिरामी परेका छन्।
बिरामी पर्नेमा रत्न बहादुर शाह, उनकी श्रीमती कमला शाह र छोरा सन्तोष शाह रहेका छन्। उनीहरूले जंगलबाट ल्याइएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा समस्या देखिएको र तत्काल उपचारका लागि बाँकेको कोहलपुरस्थित अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।
हाल तीनै जनाको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ। प्राप्त जानकारीअनुसार रत्न बहादुर शाह र सन्तोष शाहको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ भने कमला शाहको अवस्था गम्भीर रहेको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button