Header Addसमाचारसुरक्षा र कुटनिती

बारेकाेट गाउँपालिकामा बम राख्ने व्यक्ति ७ वर्ष पछि पक्राउ

जाजरकाेट / विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) समूहसँग आबद्ध रहेको आरोप लागेका ‘महान’ भन्ने खिमबहादुर खत्रीलाई शुक्रबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–३ बाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काका अनुसार २०७६ असार ९ गते राति बारेकोट गाउँपालिका–२ लिम्सास्थित बारेकोट गाउँपालिकाको कार्यालय भवनमा गाउँपालिका अध्यक्षको कार्यकक्ष अगाडि जि.आइ. पाइप बम तथा रातो कपडाले बेरेर राखिएको बट्टा बम फेला परेको थियो। त्यसैगरी २०७६ मंसिर ७ गते राति नलगाड नगरपालिका–५ रघुनाथस्थित कालिमाटीदेखि खान्टाकुरा जाने बाटोको ठाँटीगैरा सालघारी नजिक विष्फोटक पदार्थ (बम) विष्फोट गराइएको घटनामा पनि उनको संलग्नता रहेको आरोप छ।

उक्त घटनासम्बन्धी छुट्टाछुट्टै विष्फोटक पदार्थ मुद्दा दर्ता भई अनुसन्धान सुरु भए पनि खत्री फरार रहँदै आएका थिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलासका क्रममा उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका खत्रीलाई शुक्रबार नै आवश्यक कारबाहीका लागि जाजरकोट जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी निरीक्षक खड्काले जानकरि दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button