Header Addपत्रपत्रिकासमाचारस्थानीय तह विशेष

बलात्कारकाे आरोपमा एकजना युवक पक्राउ ।

जाजरकोट। बारेकोट गाउँपालिका वडा नं.- १ वयालाका एकजना युवक बलात्कारी आरोपमा पक्राउ परेका छन्।
माघ ३० बुधबार हिजो बारेकोट- १ सिर्पाचौरकी एक युवतीलाई लाई मदिरा सेवन गरेका युवकले जवरजस्ती करणी गरेको आरोप लागेको छ । गाउँ नजिकैको जंगलमा दुईवटी दाउरा काट्न गएकी थिइन् जसमा बलत्कृत हुने युवतीको साथमा सोही गाउँकी बालिका मुनिका घर्ती थिइन्। उक्त आरोपित युवकले पहिले बालिका मुनिका लाई लछारपछार लगाएका थिए र त्यसपछि युवतीलाई लाई बलात्कार गर्ने प्रयास गरेपछि मुनिका रुँदै घर आएर उक्त घटनाको बारेमा खबर गरेपछि गाउँका मानिसहरु गएर युवकलाई पक्राउ गरी गाउँमा ल्याएर प्रहरीलाई खबर गरेका थिए । उक्त घटना छानबिनका लागि इलाका प्रहरी कार्यलय रामिडाँडामा दुवै पक्षलाई लिइएको १ नं. वडाध्यक्ष ऐन बहादुर गिरी ज्यूले भन्नुभयो।
चित्र बुढा मगर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button