ख्रीष्टमस डे को अवसर पारेर गोमागाउँमा इशाइ एकता समाज बारेकोटले गर्यो शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण।

बारेकोट, जाजरकोट। बारेकोट गाउँपालिका वडा नं. -७ गोमागाउँमा आज इशाइ एकता समाज बारेकोटले ख्रीष्टमस डे को अवसरमा श्री विद्याश्वरी सामुदायिक बालविकास केन्द्रका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा गोमागाउँ बासी वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ।
शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण कार्यक्रममा इशाइ एकता समाज बारेकोटका संयोजक- गोपाल नेपाली (मुस्कान) , अध्यक्ष- गोपाल नेपाली, सल्लाहकार- दत्त बहादुर वि.क., स. सचिव- जयराज वि.क., पूर्ण वि.क. र यज्ञ वि.क द्वारा शैक्षिक सामग्री तथा न्यानो कोशेली प्रदान गरिएको थियो।

इशाइ धर्मावलम्बीहरुको महान् पर्व ख्रीष्टमस डेको अबसर पारेर बारेकोटका दुर्गम बस्ती गाोमागाउँको बालविकासका बालबालिकाहरुको सुन्दर भविष्यको कामना गर्दै शैक्षिक सामग्री जस्तै झोला, कापी पेन्सिल, कटर र इरेजर सामाग्री १७ जना बाल शिक्षाका विद्यार्थीहरुलाई वितरण गरिएको थियो । गोमागाउँ बासी ६० वर्ष पूरा भएका ५ जना वृद्धवृद्धा, स्कुल स्टाफ २ जना, असाहय १ जना र सुत्केरी १ जना गरी जम्मा ९ जनालाई न्यानो ओड्ने सल वितरण गरिएको हो ।

धार्मिक कर्म विस्तार र सुसमाचार प्रचार प्रसारका संगै बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि शुभकामना, आशिष संगै केही राहतको सामाग्री ल्याउनुहने टिम पर्ती आभार तथा कृतज्ञ रहेको र उहाँहरुको उल्लेखनीय कार्यलाई सदा स्मरण गर्ने गोमागाउँ बासी अभिभावक दिनेश बुढाले भन्नुभयो।

संसारको भलाई कल्याण र उद्दार नै धर्मको मूल मर्म रहेको इशाइ एकता समाज बारेकोटले गरेको यो कार्यक्रमले सन्देश दिनुका साथै विभिन्न धर्मावलम्बीहरुलाई चुनौती तथा समाजलाई एक नयाँ सन्देश दिइने विश्वास लिन सकिन्छ



