हिउँदमा हिमचुलीमा समेत हिउँ छैन ! भविष्यमा सम्पूर्ण प्राणीहरूको जीवन संकट पर्न सक्ने सम्भावना।

हिउँदमा हिमचुलीमा समेत हिउँ छैन ! भविष्यमा सम्पूर्ण प्राणीहरूको जीवन संकट पर्न सक्ने सम्भावना।
जलवायु परिवर्तनका कारण अहिलेको हिउँदमा हिमचुलीमा समेत हिउँ छैन। विगत केहि वर्षदेखि जलवायु परिवर्तनका असरहरू नेपालमा देखिन थालेको छ । जलवायु परिवर्तन भएपछि असन्तुलित मौसमका कारण कहिले अत्यन्तै खडेरी त कहिले भारी बर्षा साथै हावाहुरी चट्याङ र असिना

जस्ता महा विपति जस्ता घटनाहरू व्यहोर्नु परेको छ।
जलवायु परिवर्तनका रफ्तार यसरी नै बढ्दै गए भविष्यमा प्राणीहरू जीवन ठुलो संकटमा पर्न सक्ने सम्भावना देखिन्छ ।
जलवायु परिवर्तन रोकथामका उपायहरु अपनाउन तत्काल राज्यले ध्यानाकर्षण गरी ठुलो भुमिका नखेले भविष्यमा भयानक घटनाको सामना गर्नुपर्नेछ जुन घटनाले सम्पूर्ण प्राणीहरूको जीवन नै नष्ट गर्न सक्नेछ। जलवायु परिवर्तनले अहिले पनि प्रत्यक्षरुपमा जनजीवनमा प्रतिकुल प्रभाव पारेको छ समयमा हिमपात र वर्षा नहुनाले कृषकहरुको बालीनाली सुकिसकेका छन् भने धुलो धुइरोका कारण मानविय स्वास्थ्य अवस्थामा ठुलो असर पारेको छ ।
![]()
![]()
जलवायु परिवर्तन रोकथामका लागि व्यक्ति, समाज, राष्ट्र र सिङ्गो विश्व नै एकतावद्ध भई लागि पर्नुपर्ने समय आएको छ । अव सवैले ध्यान केन्द्रित गरी अनुकुल पर्यावरणलाई जोगाऔं र प्रकृति संरक्षणको अभियानमा जुटी यो धर्ती र प्राणी जगतको आयुलाई लामो बनाउन मदत गरौं ।
![]()
चित्र बुढा मगर



