नेपालमा प्रजातन्त्रसंगै इसाई धर्म आएकाे दिन हाे फाल्गुन ७

क्षीतीज मगर
फाल्गुन ७ बुधबार ।
२००७ साल फाल्गुन ७ गते शुभम् दिनमा राजा त्रिभुवन काे शाशनले नेपाली इसाई जगतलाई नेपालकै पुरानो नेपाल ख्रिष्टिय रामघाट मण्डली उपहार दियो ।
नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते याे दिवस मनाइन्छ । त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ ।
![]()
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
उक्त प्रजातन्त्रकै जगमा टेकेर २०६३ बैशाख मा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
आज ७५औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाई रहँदा तत्कालीन राजा त्रिभुवनले तत्कालीन भारतीय प्रधानमन्त्री नेहरु संग लिएको परामर्श इसाई जगतकाे लागि अविश्मरणीय छ ।
देशमा प्रजातान्त्र ल्याईसकेपछी जब राजा त्रिभुवनले आफ्नो देश, विदेशी काे लागि खुला राख्ने विचार बारे भारतको तत्कालीन प्रधानमन्त्री नेहरुसंग परामर्श गरे । उक्त परामर्शमा नेहरुले राजा त्रीभुवनलाई सुझाए कि यदि तपाईले आफ्नो देश विकास र समृद्धिकाे बाटाेतिर बढेकाे देख्न चहानुहुन्छ भने तपाईंलाई ख्रीष्टियन मिसनरीहरुकाे सहयाेग आवश्यकता पर्नेछ । र राजालाई थप सुझाए कि भारतमा सहयोग गर्दै आएको मेथाेडिष्ट चर्चकाे विशप पिकेट संग सम्पर्क गर्नुहाेस् ।
उनै भारतीय प्रधानमन्त्री नेहरु काे सहयोगमा पछि युनाइटेड मिसन टु नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था नेपालमा सेवा गर्न आउने अवसर मिल्यो । तत्कालीन राजा त्रिभुवन र भारती प्रधानमन्त्री नेहरु संगकाे भेट र प्रबन्धले १९५२ मा पाेखरकाे रामघाट मण्डलीकाे स्थापनामा ठुलाे टेवा पुर्याएकाे छ ।

क्षीतीज मगर


