Header Addसमाचार

जाजरकाेटमा गरे सुन चाँदी व्यवसायीले माेटर साइकल र्‍याली

जाजरकोट / देशभर सुनचाँदी व्यवसायी संघहरू आन्दोलित भइरहेका बेला जाजरकोटको खलंगामा पनि व्यवसायीहरूले सरकारको नीति तथा करप्रणालीको विरोधमा प्रदर्शन गरेका छन्।

सरकारले सुनमा लगाएको २ प्रतिशत कर, बहुमूल्य पत्थर हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट), सुनको भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने, र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा नियमावली निर्माण गर्नुपर्ने मागसहित संघले देशभर चरणबद्ध आन्दोलन गरिरहेको छ।

यही सन्दर्भमा जाजरकोट खलंगामा बुधबार मोटरसाइकल र्‍याली निकालिएको सुन चाँदी व्यवसायीहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button