Header Addपत्रपत्रिकासमाचार

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

२९ असोज, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणा पक्षले कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने भएको छ।

राणासँगै अर्का महामन्त्री कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर कार्यसम्पादन समितिमा उपस्थित नहुने जानकारी गराएका हुन्। अध्यक्ष लिङ्देनले आजका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

पार्टीभित्रको सद्भाव र सहकार्य अगाडि बढाउन ४ बुँदे प्रस्ताव पनि पत्रमा लेखिएको छ। विधानबमोजिम महाधिवेशन सम्पन्न गर्न महाधिवेशनको मिति तोक्ने, विधानविपरित भएका निष्कासन र कारबाही सम्बन्धी निर्णयहरू फिर्ता गर्ने, निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने र प्रभावकारी पार्टी सञ्चालनका निम्ति दुई पूर्वअध्यक्षहरू सहितको विवाद समाधान समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button