अलग पशुघर अलग मानवघर सम्वन्धी १ दिने तालिम सम्पन्न

जाजरकोट। बारेकोट गाउँपालिका वडा नं.- ३ मा बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरी ज्यूको प्रमुख आतिथ्यमा आज अलग पशुघर अलग मानवघर सम्वन्धी १ दिने तालिम सम्पन्न भएको छ।
![]()
p-image-3754″ />
बारेकोट गाउँपालिकाको आर्थिक सहयोग र पशु सेवा शाखा बारेकोटको आयोजनामा अलग पशुघर अलग मानवघर कार्यक्रम गत आर्थिक वर्ष देखि शुरु भएको थियो भने यसवर्ष पनि उक्त कार्यक्रम संचालन भइरहेको छ। एउटै घरमा पशु र मानिसहरू बस्दा विभिन्न रोगहरू एक अर्कामा सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अलग पशुघर अलग मानवघर कार्यक्रम बारेकोट गाउँपालिकाले संचालनमा ल्याएको हो ।

![]()
यस आर्थिक वर्ष २०८१/०८२ मा पनि बारेकोटमा जम्मा १२४ वटा पशुघर निर्माण हुने सूचिमा परेका छन्। यस वर्ष भने भैंसी पालनलाई लक्षित गर्दै ४ वटा भैंसी भन्दा बढि भैंसी पालन गर्ने किसानहरुलाई यो कार्यक्रममा छनौट गरिएको र छनौट भएका प्रति व्यक्ति बराबर रु. ७५,०००/- अनुदान दिइने पशु सेवा शाखा बारेकोटका शाखा प्रमुख भिम बहादुर चलाउने बताएका छन् ।
चित्र बुढा मगर





