Header Addशिक्षासमाचार
शिक्षक इन्द्र उपरकोटीलाई हेलिकप्टरमा चढाएर बिदाइ

गोरखाको सरकारी स्कुलमा ३८ वर्ष पढाएर बिदाई लिएका शिक्षक इन्द्र उपरकोटीलाई हेलिकप्टरमा चढाएर घर पठाइएको छ । यसको लागि १०० जना भन्दा धेरै विद्यार्थी र पुर्वविद्यार्थीले २ लाख ५ हजार रुपैयाँ संकलन गरेर हेलिकप्टर बुकिङ गरेका थिए । शिक्षक खुसी हुदै भन्छन्: मैले कतै नसोचेको, कतै नसुनेको, कतै नदेखेको सम्मान पाएँ, एकदमै खुसी छु ।




