जाजरकोटमा गाडी दुर्घटना चालक सहित ३ जनाकाे मृत्यु

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आज (बिहीबार) बिहान करिब २ बजे जुनीचाँदे गाउँपालिका-२, गैरीगुवास्थित भित्री सडकखण्डमा सुर्खेतबाट जुनीचाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका-९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका-३,कि ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) बुद्धिसागर पुरीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब ४ वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिका-३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन्। घाइते तीनै जनाको अवस्था मध्यम रहेको र उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गरिएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब ३०० मिटर तल खसि दुर्घटना भएको जनाइएको छ 


