युवतीकाे अस्लिल भेडियाे सार्वजनिक गर्ने न्याेपाने पक्राउ

कालिकोटका कलाकार खगेन्द्र न्यौपाने काठमाडौंमा पक्राउ, युवतीको अश्लील भिडियो सार्वजनिक गरेको आरोप
कालिकोटबाट कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका तिलागुफा नगरपालिका–३ निवासी ३७ वर्षीय खगेन्द्र न्यौपाने काठमाडौंमा पक्राउ परेका छन्।
कालिकोटकी एक युवतीले दिएको जाहेरीका आधारमा काठमाडौं प्रहरी र जिल्ला प्रहरी कार्यालय कालिकोटको संयुक्त टोलीले उनलाई आइतबार काठमाडौंस्थित डेराबाटै नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी बरमा यादवका अनुसार ती युवतीले बिहीबार साइबर अपराधअन्तर्गत जाहेरी दिएकी थिइन्।
जाहेरीमा न्यौपानेले आफ्नो अश्लील भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको युवतीले आरोप लगाएकी छन्।
प्रहरीले उनलाई काठमाडौंमा पक्राउ गरी कालिकोट ल्याउने तयारी गरिरहेको जनाएको छ। कालिकोट पुर्याएपछि अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने सूचना अधिकारी यादवले जानकारी दिएका छन्।


