Header Addपत्रपत्रिकाप्रदेशसमाचार

कर्णाली प्रदेश स्थापना दिवसकाे अवसरमा ७ जना पत्रकार सम्मानित

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा पत्रकारहरूलाई सम्मानित गरेको छ । बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमा सात जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

यसअघि प्रत्येक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कृत गर्ने परम्परा रहेपनि यसपटक सात जनासम्म पुरस्कृत गर्दै प्रदेश सरकारले क्षेत्रीय पत्रकारिताप्रतिको सम्मानलाई थप विस्तारित गरेको छ ।

कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार पत्रकार प्रेमराज सिमखडाले प्राप्त गरे । यस्तै कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रकाश पन्तले हात पारे ।

यस्तै, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार हेमन्त केसीलाई प्रदान गरिएको छ।

कर्णाले विकास पत्रकारिता पुरस्कार ओम शाही र राजन रावतलाई प्रदान गरिएको छ ।

त्यसै गरि कर्णाली समावेशी पत्रकारिता पुरस्कार सिर्जना बुढाथोकी डाँगी र नौरते नेपालीले प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रदेश सरकारले पत्रकारिता, सञ्चार र सार्वजनिक सेवामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई हरेक वर्ष सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button