Header Addसमाचारस्थानीय तह विशेषस्वास्थ्य

बारेकाेटमा रहेका१००० दिने आमाहरुलाई कुखुरा वितरण

२०८१ फागुन ०३ शनिबार

बारेकोट गाउँपालिकाको बहुक्षेत्रीय पोषण योजना अन्तर्गतको कार्यक्रम मार्फत पशुसेवा शाखा बारेकोटको आयोजनामा पालिका अध्यक्षज्यूको रोहवरमा १ नं. वडाका १००० दिने आमाहरुलाई आज पशुसेवा शाखा लिम्सामा कुखुरा वितरण गरिएको छ।

१००० दिने आमाहरुको पोषण अवस्थामा सुधार ल्याउन, कुपोषण बाट बच्न, पोषणयुक्त खानाको सुनिश्चितता गरी मानव जीवनकालमा देखिने सबैखाले कुपोषणको अन्त्य गरी गर्भवती,सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य अवस्थालाई तन्दुरुस्त राख्न राष्ट्रिय पोषण कार्यक्रम अनुरुप नै बारेकोट गाउँपालिकाले पनि पोषण मैत्री पालिका बनाउने लक्ष्यका साथ शुरुमा १ नं. वडा देखि पोषण मैत्री वडा घोषणा गर्दै क्रमशः सबै वडाहरूलाई पोषण मैत्री वडा घोषणा गरिने बारेकोट गाउँपालिकामा कार्यरत पोषण सहजकर्ता जयराज गिरीले बताउनुभयो। अहिलेको पोषण कार्यक्रममा विनियोजित बजेटले १ नं. वडाका १००० दिन भित्रका आमाहरु सबैलाई कुखुरा वितरण गर्न नसकिने भएकाले गर्भवती तथा बच्चा जन्मिएको केही दिनमात्र भएका सुत्केरी आमाहरुलाई विशेष प्राथमिकतामा राखेर १ नं. वडाको स्वास्थ्य संस्थाले तयार पारेको सूची बमोजिमको व्यक्तिहरुलाई मात्र कुखुरा वितरण गरिएको पशुसेवा शाखा प्रमुख भिम बहादुर चलाउनेले बताउनुभयो।

वितरण गर्न पशुसेवा शाखाले ८ हप्ता पुरा भएका ४१० वटा कुखुरा खरिद गरेको थियो , जसमा ५ वटा कुखुरा बाटोमा ल्याउने क्रममा मरेका थिए, १००० दिने आमाहरुको सूची अनुसार ४५ जनालाई ९ वटाको दरले कुखुराहरु लगायत औषधि र चारो पनि वितरण गरिएको पशुसेवा शाखामा कार्यरत ना.प. स्वा. प्रा. योगेन्द्र बहादुर सिंहले बताउनुभयो ।
चित्र बुढा मगर


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button