आधारभूत अस्पताल बारेकाेटमा डाक्टर किन बस्दैनन् ?

२०८१ फागुन ५ सोमवार
सम्वाददाता: पूर्ण वि. क.
जाजरकोट । बारेकोट गाउँपालिका भौगोलिक बनावटको विकटता र देशको राजधानी भन्दा दुरदराजमा पर्ने पालिका जहाँ मेडिकल अधिकृत डाक्टर ल्याउन हात पाउ जोड्नुपर्ने हुन्छ। बल्ल तल्ल ल्याएको डाक्टरलाई बारेकोटमा डिउटी गर्न जेल जीवनको सजाय सरह हुन्छ र कसरी फुत्केर जाने भन्ने कुरामा दाउ छोपेर बस्छन् र अवसर पाउनासाथ निस्कन्छन्।


अनेकौं अनेक समस्याहरूले ग्रस्त बारेकोट र बारेकोटी जनताहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाए, नपाएपनि एउटा दक्ष र विज्ञ स्वास्थ्यकर्मी साथमै भएको भरोसामा विरामीहरुले मृत्युसंग लड्न थप हौसला पाउने श्रोत पनि आज नरहेको अवस्था छ । दु:ख,दर्द,पीडा र छटपटी लिएर विरामीहरू अस्पताल पुग्छन् तर कहिले स्वास्थ्यकर्मी नहुने कहिले औषधी नहुने जस्ता विविध समस्या बारेकोट बासीहरुले भोग्दै आइरहेका छन्।
![]()
डाक्टरहरुलाई पैसा कमाउनु छ, अन्यथा पनि होइन किनकि कोर्स अध्ययन गर्दा करोडौं पैसा खर्च गरेका छन् र सानोतिनो तलब भत्ताले अध्ययन गर्दा गरेको खर्च असुल पनि हुदैन तसर्थ राज्यले उचित पारिश्रमिक तलब भत्ताको सुनिश्चित नगरेसम्म यो समस्या यथावत् नै रहने देखिन्छ।
![]()
बारेकोटमा डाक्टर टिक्न नसक्नुको प्रमुख कारण यहाँको भौगोलिक विकटता र डाक्टरले चाहे बमोजिमको सेवा सुविधा उपलब्धता नभएकाले डाक्टर बस्न नरुचाएको र अब फेरि छिटै डाक्टर ल्याउन पहल गरिरहेको कुरा स्वास्थ्य शाखा प्रमुख राम बहादुर रोकायले भन्नुभयो।
![]()


