पर्यावरणीय कृषि परियोजनाको अनुगमन कार्यक्रम सम्पन्न

फास्टनेक्सन र हेल्भेटास नेपालको सहयोग, बारेकोट गाउँपालिकाको समन्वयमा र सहयोगी हातहरुका समूह ( सहास) नेपालद्वारा बारेकोट गाउँपालिका वडा नं. १ र २ मा संचालित पर्यावरणीय कृषि परियोजनाको संयुक्त अनुगमन आज सम्पन्न भएको छ।

परियोजनाले पर्यावरणीय कृषि अभ्यासहरु मार्फत महिला कृषकहरुको जीवनस्तर उकास्नका लागि विभिन्न करेसाबारी तथा घर बगैंचा निर्माण, खेरजाने पानी संकलन पोखरी निर्माण, भकारो सुधार, बाख्रा पालन, स्थानीय कुखुरा पालन, गड्यौला पालन जस्ता थुप्रै कार्यक्रम तथा तालिमहरु दिइएको पाइयो। यस कार्यक्रमबाट खाद्य उत्पादनमा बृद्धि पोषण सुधार र आयआर्जनमा सुधार आएको पाइएको छ।
![]()
![]()
यसैगरी रैथाने बाली संरक्षणका लागि सामुदायिक बीउ वैंक स्थापना गरी विविध ३४ थरीका बाली तथा तरकारीका बीउहरु भण्डारण गरेको पाईएको छ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गराउने लक्ष्यले पर्यावरणीय कृषि अभ्यास जस्ता विषयलाई विशेष जोड दिदै तयार पारिएको योजना महिला कृषक दिदीबहिनीहरुका लागि वरदान सावित भएको छ ।
![]()
सहास नेपाल संस्थाको यस परियोजनाले प्रदान गरेको कार्यक्रमले साच्चिकै एक नवीन सहास दिएको उक्त कार्यक्रमबाट लाभान्वित समूहका महिला दिदिबहिनीहरु बताउनुहुन्छ ।

पर्यावरणीय कृषि परियोजनाले खाद्य सुरक्षा र पोषण सुधारमा मात्र नभई महिलाहरुको व्यक्तित्व विकास तथा सशक्तिकरणमा टेवा पुगेको कुरा महिला समूहले भन्नुहुन्छ।
चित्र बुढा मगर


