बाघको आक्रमण बाट चार भैसीकाे मृत्यु स्थानीयमा त्रास

गेरुवा गाउँपालिका–४ खोनपुर नजिकैको खल्ला गाउँ आसपास रहेको सामुदायिक वन क्षेत्रमा मिति २०८२ साल फागुन ८ गते दिउँसो करिब ३ बजे निकुञ्ज क्षेत्रबाट आएको अनुमान गरिएको बाघले स्थानीयका पशु चौपायामाथि आ क्र म ण गरेको छ।

स्थानीय स्रोतका अनुसार आ*क्रमणमा कर्ण बस्नेतको १ वटा दुध दिने भैंसी घ*ट*नास्थलमै म&रेको छ। त्यसैगरी टेकबहादुर भण्डारीको १ भैंसी र १ पाडा मा!रिएका छन् भने महलु थारुको १ रागा घा¥इते भएको छ। घा¥इते पशुको उपचारको प्रयास भइरहेको जनाइएको छ।

घ+टनापछि स्थानीय बासिन्दा त्र¥सित बनेका छन्। सामुदायिक वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्र बस्ती नजिकै रहेकाले मानव बस्तीमा थप जो¥खिम बढ्न सक्ने भन्दै स्थानीयले तत्काल सुरक्षात्मक उपाय अपनाउन माग गरेका छन्।

स्थानीयवासीले सम्बन्धित निकाय, डिभिजन वन कार्यालय तथा निकुञ्ज प्रशासनसँग घ¥टनास्थलको निरीक्षण गरी वास्तविक क्षतिको मूल्याङ्कन गर्न, पी¥डित किसानलाई यथाशीघ्र क्ष¥तिपूर्ति उपलब्ध गराउन तथा बाघको गतिविधि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। साथै बस्ती क्षेत्रमा नियमित गस्ती, सचेतनामूलक कार्यक्रम र दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

गेरुवा बासीको सुरक्षा र हितलाई मध्यनजर गर्दै सम्बन्धित निकायले शीघ्र पहल गर्ने अपेक्षा गरिएको छ।


