Header Addसमाचार

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

२०८३, श्रावण १२ गते

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
दाङ । दाङमा आर्थिक वर्ष २०८/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति दाङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले पानीमा डुबेर ४३, करेन्ट लागेर १२, सर्पदंशबाट सात जना, चट्याङबाट चार र आगलागीबाट १३ जनाको मृत्यु भएको जानकारी दिए ।

त्यसैगरी सोही वर्ष सर्पदंशबाट ७७, करेन्ट लागेर २९, चट्याङबाट १५, पानीमा डुबेर सात, आगलागीबाट दुई गरी १३० जना घाइते भएका थिए ।

बाढी र पहिरोबाट ५२ वटा संरचनामा क्षति पुगेको छ । आगलागीबाट ६२ हावाहुरीबाट ३३ वटा संरचनामा क्षति पुगेकोमा २१ वटा घरमा पूर्ण क्षति भएको छ भने छ वटा घरमा आंशिक तथा अन्य छ वटा भौतिक संरचनामा हावाहुरीले क्षति पुर्‍याएको जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button