Uncategorizedअन्तर्राष्ट्रियसमाचार
भारतमा एक नेताको हत्या

२७ असोज, । भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । ९ महिना अगाडी भारतीय काग्रेस छाडेर पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । 
छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो ।


