Header Addसमाचार

वित्तीय साक्षरता कार्यक्रम सम्पन

२०८१ फागुन १९ गते सोमबार
सम्वाददाता : चित्र बुढा मगर
जाजरकोट। बारेकोट गाउँपालिका लिम्सामा रहेको विजय लघुवित्त वित्तीय संस्था लि. बारेकोट शाखाको आयोजनामा आज बारेकोट- २ लिम्सामा वित्तीय साक्षरता कार्यक्रम सम्पन भएको छ।

संस्थाले आयोजना गरेको कार्यक्रममा संस्थाको अनुगमन अधिकृत हिमलाल वलीको अध्यक्षतामा र बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरी को प्रमुख आतिथ्यमा संस्थामा कार्यरत कर्मचारी सरिता नाथ योगीले कार्यक्रम सुचारु गर्नुभएको थियो। उक्त कार्यक्रममा बारेकोट गाउँपालिका वडा नं. – २ का वडाध्यक्ष वीर बहादुर घर्ति, प्रहरी चौकी लिम्साबाट गगन थापा तथा विभिन्न वडाहरू देखि संस्थामा आवद्ध सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धी विविध शीर्षकहरु जस्तै आवश्यकता तथा चाहानाहरु, घरायसी बजेट, वित्तीय लक्ष्य, बचत, कर्जा, विमा, विप्रेषण, वित्तीय अनुशासन, विद्युतीय वित्तीय सेवाहरू, कालो सूची सम्बन्धी जानकारी, लघु उद्यम तथा व्यवसाय योजना सम्बन्धी तथा जोखिम व्यवस्थापन आदि विषयमा छलफल गरिएको थियो।

वित्तीय संस्थाहरुले दिइने सेवाहरु निकै प्रभावकारी रहेको, संस्थामा आवद्ध सदस्यहरुले आफ्नो आम्दानी अनुसार कर्जा लिनुपर्ने तथा वित्तिय संस्थाहरुले दिने सेवाहरुलाई प्रभावकारी तवरले संचालनमा ल्याउन सके नागरिकको जीवन स्तर बदलिन सक्ने जस्ता कुराहरू उक्त कार्यक्रमको प्रमुख अतिथि तथा पालिका अध्यक्ष वीर बहादुर गिरीले मन्तव्यमा राख्नु भयो।
संस्थामा आवद्ध भएदेखि सानो आम्दानीबाट व्यवसाय शुरु गरेको अहिले ठुलो आम्दानीको स्रोत सम्म व्यवसाय फस्टाउँदै गएको उक्त संस्थामा आवद्ध सदस्य राधिका राणाले भन्नुभयो र सोही संस्थाकी सदस्य उर्मिला सिंह भन्नुहुन्छ संस्थामा आवद्ध भएसँगै शुरु गरेको कृषि फर्म फलफूल बगैंचाबाट अहिले राम्रो आम्दानीको स्रोत बनेको छ।

वित्तीय साक्षरता सम्वन्धी विविध छलफल संगै हरेक छलफलका विषय बस्तुहरु व्यवहारिकतामा लागु गर्नुपर्ने र आवश्यकता र आम्दानी अनुसारको कर्जा लिनुपर्ने, आर्थिक अवस्था अनुसार योजना तयार गर्नुपर्ने जस्ता विविध कार्यक्रमको उद्देश्य विषयमा प्रष्ट्याउँदै संस्थाका अनुगमन अधिकृत हिमलाल वलीले कार्यक्रम समापन गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button