
२५ मंसिर, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले शहरी जनमत पार्टीप्रति असन्तुष्ट रहेको स्वीकारेको छ ।
केन्द्रीय मुख्यालय च्यासलमा मंगलबार साँझ बसेको सचिवालय बैठकमा गत १६ मंसिरमा सम्पन्न उपनिर्वाचनको समीक्षा भएको थियो । समीक्षाका क्रममा एमालेले सहरी जनमत पार्टीसँग सन्तुष्ट नदेखिएको निष्कर्ष निकालेको हो ।



