पर्यटकसमाचारस्थानीय तह विशेषस्वास्थ्य

हिमपातले किसानलाई सुविकाल, विद्यार्थीलाई संकटकाल

हिमपातले किसानलाई सुविकाल, विद्यार्थीलाई संकटकाल

हिमपातले किसानलाई सुविकाल, विद्यार्थीलाई संकटकाल
बाजुराको बुढीनन्दा नगरपालिका–९ डप्कस्थित सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आधारभूत विद्यालयमा मंगलबार कक्षा ३ का बालबालिकालाई विद्यालयको आँगनमा पढाउँदै शिक्षिका जुना धामी रावत । तस्बिर सौजन्य : तुलाबहादुर 

धनगढी —भूकम्पले चर्किएका दुवै भवन जीर्ण छन्, खिया लागेको जस्तापाताबाट हिउँ पग्लिएको पानी तपतप खस्छ । कक्षाभित्र सहिनसक्नु चिसो छ । मंगलबार बिहान पारिलो घाम लागेकाले विद्यालयको प्रांगणमा जमेको बाक्लो हिउँमाथि ढुंगा ओछ्याइयो, ढुंगामाथि बसे कलिला बालबालिका ।

Advertisement

अघिल्तिर डोकोको आड लगाएर कालोपाटी ठड्याइयो र ७ महिने छोरीलाई छातीमा बोकेर कक्षा तीनका बालबालिकालाई पढाउन थालिन् शिक्षिका जुना धामी रावत ।

हातमा किताब समातेर पढ्न बसेका बालबालिका, पढाइरहेकी शिक्षिका र उनको छातीमा टाँसिएकी दूधे बालिका सबै चिसोले लगलग काँपिरहेका थिए । बाजुराको बुढीनन्दा नगरपालिका–९ पोरखे लेकमा रहेको सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आधारभूत विद्यालयको सचित्र विवरण यही हो । दिनमा भन्दा रात उनीहरूका लागि कष्टकर छ । किनकि यी विपन्न बालबालिकाको आवास पनि यहीं हो ।

 

Advertisement

‘आइतबार रातिदेखि पोरखे क्षेत्रमा बाक्लो हिउँ पर्‍यो, सोमबार र मंगलबार त्यही बाक्लो हिउँमाथि ढुंगा राखेर पढाउनुपर्ने अवस्था आयो,’ शिक्षिका रावतले भनिन्, ‘हिउँ परेको दिन त्यही आँगनमा बसालेर पढाउनुको विकल्प हुँदैन । छानाबाट चुहिने हिउँ र शीतको कठ्यांग्रिँदो चिसोमा कोठाभित्र बस्न सक्ने अवस्था छैन । हिउँसँगै झरी परेको दिन त हामी सबैलाई निकै कष्ट हुन्छ ।’

विद्यालयमा दुई वटा भवन छन् । ०६२ मा निर्मित जस्तापाताले छाएको दुईकोठे एउटा भवन र ०६७ मा बनेको जस्तापाताले नै छाएको अर्को भवन । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा पक्की भवन भने छैन । पटक पटक गएका भूकम्पका धक्काले जीर्ण रहेका दुवै भवनका भित्ता चर्केका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button