अन्तर्वार्ताअर्थपर्यटकविचारसमाचार

शुद्दोधनमा विदेशी पाहुनासित अनलाइन प्रविधि सम्बन्धि अन्तरक्रिया

मेचीकाली संवाददाता

२४ मंसिर २०८१, सोमबार
रुपन्देहीको शुद्दोधन गाउँपालिकामा अन्तर्राष्ट्रिय पदाधिकारीहरुसग शुद्दोधन गाउँपालिकाको अनलाइन प्रविधि सेवा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।विदेशी राजदुतावासबाट डेभलपमेन्ट डाइरेक्टर पिपा बर्ड तथा अमेरिकी सहायता नियोग ( USAID) मार्फत आउनुभएका केट डोहनी ज्यूको टोलीसित हाल शुद्दोधन गाउँपालिकामा संचालित अनलाइन प्रविधि सेवाका प्रगतिहरु , चुनौती र आगामी कार्यदिशा वारे छलफल भएको थियोे ।अन्तरक्रिया कार्यक्रममा हाल पालिकामा लागू भैरहेको इ- सिफारिस ,न्यायीक मामिला व्यवस्थापन डाटा प्रणाली र लागू हुने क्रममा एकीकृत डाटा व्यवस्थापन प्रणाली सम्बन्धि छलफल भएको थियोे ।

कार्यक्रममा द- एसिया फाउन्डेसन काठमाडौका डाइरेक्टर प्रणय रतन स्तापित ,एसिया फाउन्डेसन प्रोग्राम मेनेजर गोविन्द बस्नेतको टोलि समेत सहभागी भएको थियो।

कार्यक्रममा शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले स्वागत गर्नुहुदै गाउँपालिकामा हालसम्म भएका प्रगति र आगामी योजना बारे विवरण प्रस्तुत गर्नुभएको थियोे । त्यसैगरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले सिस्टमहरुको वारेमा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रमको संचालन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तिले गर्नुभएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button