बारेकाेटमा भुकम्प पिडित सबैले पाए अस्थाई टहराकाे अन्तिम किस्ता

जाजरकोट / बारेकाेेट गाउँपालीकाले भुकम्प पिडितहरुका लागि दीइएकाे अस्थाई आवास काे अन्तिम किस्ता भुक्तानि गरिसकेकाे छ ।

गत वर्ष कार्तिक १७ गते राति बारेकाेट गाउँपालीका १ लाई केन्द्र विन्दु बनाइ गएकाे ६.४ रेक्टर स्केलकाे भुकम्पबाट जाजरकोट रुकुम पश्चिम र सल्यानमा धन जनकाे ठुलाे क्षति भएकाे थियाे । जस्मा बारेकाेट गाउँपालिकामा मात्र ५ हजार ५ सय घरमा क्षेति भएकाे थियाे ।
बारेकाेटमा २०८० असार मसान्तसम्म पहिलो किस्ता प्रर्ति टहरा २५ हजारका दरले लाभग्रहिकाे खातामा हलिसकेकाे र दाेस्राे किस्ता पनि २०८१ पुस १६ भित्र बारेकाेट गाउँपालीकाले ५ हजार ४ सय अस्थाई टहराकाे अन्तिम भुक्तानी कृषि विकास बैंक शाखा लिम्सा र लक्ष्मी सनराइज बैंक शाखा सेपुखाेला बाट अस्थाई टहराको अन्तिम भुक्तानि दिने काम पनि स्थानिय सरकारले टुङ्गयाईसकेको अध्यक्ष वीर बहादुर गिरीले बताउनु भयो । उहाँकाअनुसार बारेकोट गाउँ पालिका भित्रका सम्पुर्ण घरधुरीलाई अस्थाई टहराको अन्तिम भुक्तानी दिईसकेको छ र अब यो स्थानिय सरकार छिट्टै पुन : निर्माणमा लाग्ने कुरा पनि उहाँले बताउनु भएको छ ।
जन कर्णाली संवाददाता निमबहादुर शाही



