Header Addप्रदेश

कर्णाली प्रदेशको भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला

सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सवारी चालक हिमबहादुर विष्टको शव भेरी नदी किनारमा फेला परेको छ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ निवासी अन्दाजी २९ वर्षीय विष्ट असार ६ गते ‘बिरामी छु’ भन्दै कार्यालयमा जानकारी गराएर बाहिरिएको भए पनि त्यसपछि सम्पर्कविहीन भएका थिए।

उनले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल असार ९ गते सुर्खेतको भेरीगंगा नगरपालिका क्षेत्रमा रहेको भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो।

लगातार खोजी भइरहेका बेला आज शुक्रबार बराहाताल गाउँपालिका–४, साजघाट क्षेत्रको भेरी नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button