Header Addविज्ञान प्रविधिशिक्षासमाचार
शिक्षामन्त्री वैज्ञानिक महावीर पुन भन्नुहुन्छ बस्ने क्वाटर चाहिदैन मन्त्रालयमै बस्छु ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधमन्त्री महावीर पुन २४ घण्टै मन्त्रालयमा रहने भएका छन् । पदभार ग्रहरण गरेपछि सञ्चारकर्मीसँग मन्त्री पुनले आफू मन्त्री क्वार्टरमा नबस्ने बताए । मन्त्रालयमै कोठा मिलाउन उनले निर्देशन दिए ।‘
मन्त्री क्वार्टर चाहिँदैन । यहीँ कोठा बनाउनू । सुत्ने खाट र टेबल भए पुग्छ । आफैं पकाएर खान्छु,’ मन्त्री पुनले भने । सुरक्षाकर्मीलाई पनि मन्त्रालयमै बस्न आग्रह गरे । सरकारी कामबाहेक अन्य ठाउँमा जाँदा सरकारी गाडीको प्रयोग नगर्ने उनले घोषणा गरे । ६ महिनाका लागि मन्त्री भएको बताउँदै उनले आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाए ।



