२०८० कार्तिक १७ गतेको भुकम्पको DDA शुरु

२०८१ फागुन ११ आइतबार
चित्र बुढा मगर
२०८० कार्तिक १७ गते बारेकोट रामिडाँडालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पकाे बिस्तृत क्षति आँकलन (DDA) कार्य आज शुरु भएको छ ।
भुकम्पकाे बिस्तृत क्षति आँकलन (DDA) गर्न का लागि राष्ट्रिय विपद जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र UNDP काे सहकार्यमा बारेकाेट गाउँपालिकाकाे लागि ८ जना ईन्जिनियरकाे टोलीलाई खटाइएको छ । आज बारेकोट गाउँपालिका १ नं वडा वयाल र २ नं वडा लिम्सा देखि DDA कार्य शुरु भएको छ। DDA कार्य सम्पन्न पछि त्यसै आधारमा सरकारले पुनः निर्माणका घरहरु दिने प्रक्रिया अगाडि बढाउने लक्ष्यका साथ DDA कार्य शुरु गरिएको हो ।
। DDA गर्दा क्षति भएको घरको घरमुली अनिवार्य उपस्थिति हुनुपर्ने देखिन्छ। क्षति भएको घर, नेपाली नागरिकता तथा उक्त व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, शैक्षिक अवस्था , पेशा, रोजगार लगायत थुपै विवरणहरु लिने गरिएको छ। एक जना क्षति भएको घरको विवरण लिन झण्डै आदि घण्टा सम्म समय लागिरहेको छ ।
UNDP ले पठाएको इन्जिनियर टोली दुईवटा ग्रुपमा बिभाजन भइ बारेकोटका १ र २ नं. वडामा आज देखि धमाधम खटिएका छन् । साथै बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरी ज्यू सहित पालिकाको टोली र सम्बन्धित वडाको जनप्रतिनिधि पनि अनुगमन तथा सहजीकरणका लागि सम्बन्धित कार्यस्थलमा खटिनु भएको छ ।



