जनता प्रेमी बन्दै वडा अध्यक्ष

जाजरकाेट / बारेकाेट ३ का वडा अध्यक्ष रामबहादुर सिंह जनता मुखी बन्दै गएका छन् जनताको सेवा, पारदर्शिता, विकास र समर्पणमा उल्लेखनीय योगदान दिएका सिंह २०७९ काे स्थानीय चुनावमा नेकपा एमालेबाट बारेकाेट गाउँपालीका ३ का वडा अध्यक्षमा निर्वाचीत भएका हुन ।

वडामा बिकास निर्माणका काम देखि जनताका दुख र पिडामा सहयाेग गर्दै आएका सिंह कहिले बिकास निर्माणका सामाग्री बाेकेर भिर पाखामा हिडेका देखिन्छन् त कहिले समस्यामा परेका जनताका घर दैलाेमा पुगेर सहयाेग गरेकाे देखिन्छ त कहिले विद्यालयमा पठनपाठनकाे अवस्था बुझ्न कक्षा कमेठामा बसेका देखिन्छन ।


वडा अध्यक्ष सिंहले वडा बासीहरु प्रति पुर्याकाे याेगदान वडाबाट दिइने सेवा र बिकास निर्माण कार्यमा इमान्दारीताका कारण विभिन्न क्षेत्रमा सम्मानित हुने गरेका छन्

उनी भन्छन जनतालाई दुख पर्दा आफैलाई परेकाे जस्तो लाग्छ जनतालाई पिडहुदा मलाई दुख्छ वडाकाे बिकास हुदा मेराे घरकाे बिकास भएको जस्तै लाग्छ । 




