२ लाख ६३ हजार नदिए पछि एम्बुलेन्स ग्यारेजमा बिरामी स्टेचरमा

जाजरकोट / बारेकाेट गाउँपालिकाले भारत सरकारको आर्थिक सहयाेगमा उपलब्ध गरायकाे कर्णाली प्रदेश ०२००१ झ ०१५९ नम्बरको एम्बुलेन्स संचालनमा ल्याएको थियाे , करिब १० महिना अघि देखि उक्त एम्बुलेन्स ग्यारेजमा थन्किएको छ ।
![]()
एम्बुलेन्स नभए पछि बारेकाेटका गाउँ बस्तिका सिकिस्त बिरामिहरु र सुत्केरी महिलालाई स्टेचरमा राखेर स्वास्थ चाैकी सम्म पुर्याउनु पर्ने बाध्यता छ , आधारभूत अस्पताल लिम्सामा रहेका बिरामीलाई रिफर गर्दा महङ्गो भाडामा गाडी रिजभ गरेर सुर्खेत नेपालगन्ज जानू परेकाे स्थानियहरुकाे गुनासाे छ ।
अटाे नेपाल माेटर पार्टस सुर्खेतमा एम्बुलेन्स मर्मत गर्दा लागेकाे खर्च पालिकाले भुक्तानी नदिएपछि ग्यारेजले एम्बुलेन्सनै थुतेकाे जनाएको छ ।

अटाे नेपाल माेटर पार्टसका संचालक सुशील रेग्मीका अनुसार पटक पटक एम्बुलेन्स बनायकाे रकम २ वर्ष सम्म भुक्तानी नदिएपछि एम्बुलेन्सनै ग्यारेजले थुतेकाे हाे ।
एम्बुलेन्स मर्मतकाे भुक्तानी नगरेकाे रकम कहाँ कति छ ?
कला माेटर पार्टस काेहल्पुर १ लाख ३७ हजार ५ सय ७८
अटाे नेपाल माेटर पार्टस सुर्खेतमा २ लाख ६३ हजार
एरि आयल स्टाेर सल्लीबजारमा तेलकाे २ लाख ७५ हजार ७ सय ८० गरि जम्मा ६ लाख ७६ हजार ३ सय ५८ रहेकाे छ ।
![]()
के याे रकम गाउँपालिकामा छाैन त ?
प्रमुख प्रशासकीय अधिकृत राम बहादुर मल्ल भन्नुहुन्छ अहिलेसम्म भुक्तानी नहुनुकाे कारण आन्तरिक रुपमा कुरा नमिल्नेु हाे, अबकाे ३/४ महिना पछि अर्थात वर्षायाम सकिएर बाटाे खुल्ना बितीकै सबै ठाउकाे रकम भुक्तानी गरेर एम्बुलेन्स पुन: संचालनमा ल्याईने जानकारि दिनुभएको छ।
जन कर्णाली संवाददाता
![]()

