जाजरकोटमा मौरीपालन सम्बन्धी १ दिने तालिम सम्पन्न

जाजरकोट — जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रहरूमा जीविकोपार्जन सुधार तथा विपद् उत्थानशील सुदृढीकरण गर्ने उद्देश्यले मौरीपालन सम्बन्धी १ दिने तालिम सम्पन्न गरिएको छ।
SOSEC Nepal को आयोजनामा तथा United Nations Development Programme (UNDP) को सहकार्यमा सञ्चालन भएको उक्त तालिममा मौरीपालन समूहका अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो।
तालिममा प्रशिक्षक लिलाराम ढकालले मौरीपालन व्यवसाय सञ्चालन गर्ने तरिका, मौरीको हेरचाह, रोग नियन्त्रण तथा मह उत्पादन बढाउने विधिबारे जानकारी दिनुभएको थियो।
कार्यक्रममा मौरीपालनका भेरी न पा२ का वडा अध्यक्ष भिम बहादुर कार्कीले यस्तो तालिमले स्थानीय किसानहरूलाई मौरीपालन व्यवसायतर्फ आकर्षित गरी आयआर्जन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
भूकम्प प्रभावित क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार र स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष्यसहित उक्त तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

