Header Addराजनीतिविज्ञान प्रविधिसमाचारस्थानीय तह विशेष

जिल्ला अस्पतालमै गरे बिरामीले आत्माहत्या

जिल्ला अस्पताल जाजरकोटको शौचालयमा महिला झुण्डिएको अवस्थामा मृत फेला
जाजरकोटमा उपचारका लागि जिल्ला अस्पताल पुगेकी एक महिला अस्पतालकै शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
भेरी नगरपालिका–१२ धाइरा निवासी कुलबहादुर बस्नेतकी श्रीमती ३० वर्षीया ईश्वरी राना श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उपचारका लागि भेरी नगरपालिका–३ थाप्लेस्थित जिल्ला अस्पताल जाजरकोट पुगेकी थिइन्।
आज (मंगलबार ) दिउँसो करिब ३ः५० बजे अस्पतालको शौचालयको झ्यालमा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनलाई उनका श्रीमान् र स्वास्थ्यकर्मीले फेला पारेका थिए। तत्काल पासो फुकाई उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
हाल उनको शव जिल्ला अस्पताल जाजरकोटमै राखिएको छ। घटनाको कारण भने खुल्न सकेको छैन। मृतकका बालबच्चा नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुधीरकुमार खड्काको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button