Header Addसमाचार

जाजरकोटमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली लागेर मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अवैध भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्दबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र ३१ वर्षीय लालबहादुर सिंह रहेका छन् ।
प्रचण्डदेव सिंहसहित छ जना पुस १३ गते बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जङ्गलमा सिकार खेल्न गएको अवस्थामा बन्दुकको गोली लागी सिंहको जङ्गलमै शङ्कास्पद मृत्यु भएको स्थानीयले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button