जाजरकाेटमा जीप दुर्घटना दुई जनाको मृत्यु
हाम्रो पहुँच संवाददाता । २० मंसिर २०८१, बिहीबार
171
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonsms sharing buttonemail sharing buttonpinterest sharing buttonsharethis sharing button
file Photo
खलंगा । गएराति जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटकाअनुसार कार्कीगाउँबाट कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले दुर्घटनामा जीप चालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जानकारी दिए।
‘दुर्घटनामा गम्भीर घाइते भएका हमाल, केसी र २३ वर्षीय कमल चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो,’ डाँगीले भने, ‘अस्पतालका चिकित्सकले हमाल र केसीको मृत्यु भएको घोषणा गरेका छन्। चौधरीको उपचार जारी छ।’
चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको उनले बताए।
जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ। उनीहरु भेरी नगरपालिका–७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा मजदुरी गर्दै आएका मजदुर हुन्।




