बारेकाेटमा आपतकालिन कार्य संचालन केन्द्र स्थापना

जाजरकोट / जाजरकोटकाे बारेकाेट गाउँपालिकामा आपतकालिन कार्य संचालन केन्द्रकाे स्थापना गरिएकाे छ । उक्त केन्द्रकाे उद्घाटन बारेकाेट गाउपालिका अध्यक्ष विरबहादुर गिरी र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर मल्लकाे हातबाट रिवन काटेर गरियकाे थियाे ।

साे कार्य संचालनकाे निम्ति प्रतिबद्ध परियाेजनाकाे सहयाेगमा विभिन्न उद्धारका सामाग्रीहरु उपलब्ध गरायकाे छ ।

आपतकालीन कार्य संचालन केन्द्र उद्घाटन कार्यक्रमअगाडी विभिन्न राजनितीक दलका प्रतिनिधि , जन प्रतिनिधि संघ संस्थाका प्रतिनिधि लाई भइपरि आउने विपद र त्यसबाट बच्ने उपायाका बारेमा विपद अफिसर भाेला बस्नेतले प्रशिक्षण दिएका थिय,

गर्मी सिजन सुरु भए संगै सुख्खा खडेरी परेर ठाउँ ठाउँमा डडेलाे ( आगलागी) हुने भयकाेले उक्त विपद जाेखिम न्युनिकरणकाे लागि आगलागिकाे कारण र नियन्त्रणका उपायाहरुकाे बारेकाेट सब डिभिजन वन कार्यलयका प्रमुखले बताए ।









