अन्तर्राष्ट्रियपत्रपत्रिकासमाचार

प्रधान सेनापति सिग्देल भारत प्रस्थान 

प्रधान सेनापति सिग्देल भारत प्रस्थान 


काठमाडौं ।

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा गएका हुन ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुई देशका सेना प्रमुखलाई एक-अर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरूप सिग्देल भारत गएका हुन् ।

यसअघि भारतीय सेनाध्यक्ष द्विवेदीले नेपालमा आएर राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ जनरलको सम्मान लिइसकेका छन् ।भारत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा समेत सहभागिता जनाउने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button