Header Addशिक्षासमाचारस्वास्थ्य
बारेकोटमा एच. पि. भी. खोप अभियान सञ्चालन

जाजरकोट । बारेकोट गाउँपालिकामा रहेका विभिन्न विद्यालयहरुमा आजदेखि एच. पि. भी. खोप अभियान सञ्चालन भएको छ।
![]()
![]()
२०८१ माघ २२ गते देखि फागुन ०६ सम्म देशैभर संचालन हुने एच. पि. भी खोप पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइन्छ। कक्षा ६ देखि १० कक्षा अध्ययनरत छात्राहरुलाई यो खोप लगाइन्छ । एच. पि. भी. खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी मानिन्छ। विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुले खोप अभियानको समयावधिमा नजिकैको विद्यालय गएर लगाउनुपर्दछ।
![]()
बारेकोटमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी खटिरहनु भएको छ, खोप संचालन गरिने विद्यालयहरुको शिक्षकहरूले सहजीकरण गरीरहनु भएको छ, साथै स्वास्थ्य शाखा बारेकोटबाट पनि अनुगमन भइरहेको स्वास्थ शाखा प्रमुख राम बहादुर राेकायले बतायका छन् । 






