Header Addसमाचारस्थानीय तह विशेष

चार महिनापछि वर्ष कृषकहरुमा छायाे हर्ष

चार महिना पछि भारी वर्षा कृषकहरूमा छायो हर्ष। चार महिनापछि पाहाडी भेगहरूमा वर्षा भएको छ। कात्तिकको पहिलो हप्ता वर्षा भएसँगै अहिले चार महिनापछि माघ महिनाको दोस्रो हप्ता पाहाडी क्षेत्रहरूमा भारी वर्षा भएको छ जसको कारण बाली नाली छरेका कृषकहरू खुसी र आनन्दित भएका छन् खडेरिले बाली नष्ट भएको कारण दुःखी भएका कृषकहरूमा ढिलै भए पनि पानी परेको कारण हर्ष र आाशा पलाएको हो ।
पाहाडका अधिकांश पाहाडी क्षेत्रहरूमा पानीसँगै हिउँपात पनि भएको छ र उच्च पाहाडी क्षेत्रका मानिसहरू भने हिउँपातको कारणले उनीहरूको जन जीवन प्रभावित भएको छ।
लामो समयसम्म वर्षा नहुदा बायुम प्रदूषणको कारण पाहाडी क्षेत्रमा धेरै मानिसहरू बिरामी भइरहेको अवस्थामा पानी पर्दा खुसी छाएको छ भने अर्को तर्फ एकासि पानी पर्दा बुढा पाका अनि बालबच्चाहरूलाई चिसोको समस्या देखा पर्ने सम्भावना देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button