बारेकोट गाउँपालिकाको आ. व.२०८२/०८३ को गाउँ सभामा बजेट वक्तव्य गरियो प्रस्तुत

जाजरकोट । बारेकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को गाउँ सभाको २१ औं अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रमहरू अनुरुप आज २०८२/०३/१० गते मंगलबार गाउँ सभाको दोश्रो बैठकमा बजेट वक्तव्य बारेकोट गाउँपालिका उपाध्यक्ष नर बहादुर गिरी मार्फत प्रस्तुत गरिएको छ।

बारेकोट गाउँपालिकाको आ. व. २०८२/०८३ को जम्मा बजेट ५७ करोड ६२ लाख ५५ हजार ६ सय १९ रुपैयाँ रहेको छ। विनियोजित रकम शिर्षकहरूमा आर्थिक विकास तर्फ १ करोड ९१ लाख ५८ हजार ३५० रुपैयाँ, सामाजिक विकास तर्फ ७ करोड ९२ लाख १२ हजार २०० रुपैयाँ, पूर्वाधार तर्फ ४ करोड ३१ लाख १० हजार ५३३ रुपैयाँ, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ २५ लाख रुपियाँ सुशासन तथा संस्थागत विकास तर्फ ६९ लाख रुपियाँ गरी विषय क्षेत्रगत रुपमा जम्मा १५ करोड ८८ लाख १ हजार ८३ रुपैयाँ विनियोजन गरिएको छ, चालु तर्फ ८ करोड १० लाख १३ हजार रुपैया विनियोजन गरिएको छ, कृषि तथा पशु विकास तर्फ जम्मा १ करोड ४० लाख ७ हजार २५० रुपैयाँ विनियोजन गरिएको छ, भूमि व्यवस्था सहकारी तथा वित्तीय सेवा तर्फ १४ लाख रुपियाँ, उद्योग पर्यटन, भूमि व्यवस्था तथा सहकारी तर्फ ३७ लाख रुपियाँ, उद्यम विकास तर्फ १५ लाख रुपियाँ, स्वास्थ्य तर्फ २ करोड २९ लाख ४४ हजार ७०० रुपैयाँ, शिक्षा तर्फ ४ करोड ३३ लाख ६७ हजार ६०० रुपैयाँ, खानेपानी तर्फ १ करोड रुपैयाँ, सामाजिक समावेशीकरण तर्फ २६ लाख रुपियाँ विनियोजन गरिएको छ ।
सभामा प्रस्तुत बजेट वक्तव्यमा सम्पूर्ण सदस्यहरुको छलफल तथा आवश्यकता अनुसार संशोधन सहित पारित गर्ने गरी एक हप्ता समयावधिका लागि गाउँ सभा स्थगित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष अर्थात् गाउँ सभाका सभाध्यक्ष वीर बहादुर गिरीले घोषणा गर्नुभयो।
चित्र बुढा मगर




