Header Addसुरक्षा र कुटनितीस्थानीय तह विशेष

बारेकाेट गाउँपालिकामा भूमि समस्या समाधान सम्वन्धी छलफल

बारेकोट गाउँपालिका अध्यक्ष विर बहादुर गिरी को अध्यक्षतामा र भूमि आयोग जाजरकोटका अध्यक्ष सर्पराज रावतको प्रमुख आतिथ्यमा आज बारेकोट गाउँपालिकाको सभाहलमा भूमि समस्या समाधान सम्वन्धी छलफल गर्न बैठक बसेको थियो।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धिको बैठकमा भूमि आयोग जाजरकोटका अध्यक्ष सर्पराज रावत, विज्ञ सदस्य नवराज शाही र सदस्य रामचन्द्र घर्ती सहित बारेकोट गाउँपालिकाका कार्यपालिका सदस्य वडाका जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु बुद्धिजीवि वर्ग लगायतका व्यक्तिहरुको उपस्थितिमा बैठक बसेको थियो । भूमिहीन दलित, सुकुम्बासीलाई भूमि उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी भूमि सम्बन्धी समस्याहरुलाई समाधान गर्न सरकारले आयोग गठन गर्ने नीति अवलम्वन गरेको हो । भूमिहीनलाई भूमि उपलब्ध गराउने र अव्यवस्थित बसोबास जस्ले दश वर्ष अघि देखी भोगचलन गर्दै आएको जग्गा १९ रोपनी सम्म नाममा दिइने व्यवस्था उल्लेख रहेको पाइएको छ । भूमि सम्बन्धी समस्या तत्काल समाधान गर्न स्थानीय सरकारको प्रमुख भुमिका रहने भूमि सम्बन्धी आएका गाउँ घरका समस्याहरु वडामा नै समाधान गर्नुपर्ने कुरा भूमि आयोग जाजरकोटका अध्यक्ष सर्पराज रावतले बताउनुभयो।

भूमिहीन दलित र सुकुम्बासीहरु बारेकोट गाउँपालिका भित्र थोरै संख्यामा रहेको र निज व्यक्तिहरुको सवालमा खासै झन्झटिलो र समस्या नरहेको तर अव्यवस्थित बसोबासमा भने धेरै समस्या देखिएको जानमान, ठालु, भलादमी र बाठो टाठोले मात्र फारम भरेको कुरा बारेकोट गाउँपालिका २ नं. वडाध्यक्ष विर बहादुर घर्तीले भन्नुभयो।
अव्यवस्थित बसोबास ४ नं. वडामा थुप्रै रहेको र आयोगले उक्त समस्याको जिम्मेवारी वडा र स्थानीय सरकारलाई सुम्पे पछि थुप्रै विवाद र समस्या आइलाग्ने कुरा दर्शाउँदै ४ नं. वडाध्यक्ष विष्णु बहादुर रावत भन्नुहुन्छ कार्यकाल सकिने बेला मुक्का हानाहान गर्ने मामिला हामीलाई सुम्पिनु भयो।

भूमि समस्या सम्बन्धी समस्या मात्र नभएर देशको हरेक कुरामा राजनितिक इस्यु जोडेर देश पछि परेको, निस्वार्थ देश र जनताको सेवा गर्ने भावना भन्दा कुर्सीमा कसरी बस्ने भन्ने नेताहरुको सोचका कारण सबै समस्याहरु अस्तव्यस्त भएको, भूमि सम्बन्धी मात्र २३ पटक आयोग गठन गरिसकेको र अहिले सम्म समस्या जस्ताको त्यस्तै रहेको कुरा देशको विडम्बना हो र हामीले पालिका स्तरबाट गर्नुपर्ने हरेक काम कारवाहीमा सक्रिय भएर लागिपर्ने बारेकोट गाउँपालिका अध्यक्ष विर बहादुर गिरीले भन्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button