नेपाल घरेलु तथा साना उद्योग महासंघ जाजरकोटको नयाँ कार्यसमिति चयन
जाजरकोट । नेपाल घरेलु तथा साना उद्योग महासंघ जाजरकोटको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम खलंगामा शनिवार ( आज) भएको महासंघको सातौं जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । महासंघको अध्यक्षमा शिव विक्रम हमाल सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर सिंह, उपाध्यक्षमा प्रेम बहादुर वली, महासचिवमा दलबहादुर सिंह, कोषाध्यक्षमा गोविन्द्र बहादुर बुढा सर्वसम्मत निर्वाचित भएको महासंघका निवर्तमान अध्यक्ष लालबहादुर नेपालीले जानकारी दिए । सदस्यहरुमा ताराबहादुर पुन, लोकबहादुर खत्री, जितबहादुर सुनार, नविन न्यौपाने र गणेशप्रसाद शर्मा निर्वाचित भएका छन् ।
हामी सँग जाेडिन हाम्राे च्यानललाइ सस्क्राइभ गर्नुहाेला
महासंघले प्रदेश र केन्द्रीय प्रतिनिधी समेत चयन ग रेको छ । क्रमश प्रदेश प्रतिनिधीमा हिटलर सिंह राठौर, मिलन कुमार परियार र शिला नेपाली चयन भएकी छन् । केन्द्रीय प्रतिनिधीमा अमर सिंह राठौर, शारदा हमाल र लालबहादुर नेपाली सर्वसम्मत छनौट भएको निर्वाचन समितिले जनाएको छ । महासंघका कर्णाली प्रदेश समिति अध्यक्ष चन्द्रबहादुर जिसीको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको छ ।
अध्यक्ष जिसीले, सरकारले घरेलु तथा साना उद्योगीलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताए । ‘सरकारले विभेदकारी हिसावमा साना तथा घरेलु उद्योगीलाई हेरिरहेको छ, उनले भने, ‘लगानी समेत निकै कम गर्छ अव सरकारले उद्यमीहरुलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक
यस्तै, अधिवेशमा जिल्लामा काम गरिरहेका तीन जना उद्यमीलाई सम्मान समेत गरिएको छ । होटल नयाँ नेपालका सञ्चालक लोकबहादुर खत्री, अमर फोटो स्टुडियोका सञ्चालक अमरजंग शाह, मिलन टेलर्सका सञ्चालक मिलन कुमार परियारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
शाभार हाम्रो पहुँच



