सडक स्तरोन्नतिको काम सम्पन्न

जाजरकोट । बारेकोट गाउँपालिका वडा नं -२ अन्तर्गत सञ्चालनमा रहेकाे लिम्सा देखि रोकायगाउँ सडक स्तरोन्नति आयोजनाको काम सम्पन्न भएको छ ।
भुकम्पबाट क्षतिग्रस्त पूर्वाधारहरुको पुन: लाभ भन्ने शिर्षकमा विश्व खाद्य कार्यक्रम(wfp) को १,५१,६१,२२१/- रुपैयाँको बृहत आर्थिक सहयोग र बारेकोट गाउँपालिकाको समन्वयमा सडक स्तरोन्नति आयोजना निर्माण भएको हो ।
![]()
भूकम्प पीडितहरुको नाजुक आर्थिक अवस्थालाई मध्यनजर गर्दै रोजगार सृजनाका साथै विकास निर्माण गर्ने उद्देश्यले विभिन्न सहयोगी संस्थाहरुको साझेदारीमा भुकम्प प्रभावित क्षेत्रहरुमा विकास निर्माणका कामहरु भइरहेका छन् ।

लिम्सा देखि रोकायगाउँ सडक स्तरोन्नति आयोजनामा लिम्साको बजार छेत्र भित्र आर. सि. सि. सल्याव ढलान तथा मेसिनरी वाल सहितको पक्की नाली साथै ग्याविन जालि लगाएतका कार्यहरू सम्पन्न भएको उक्त आयोजनाको अध्यक्ष धुर्व राज रोकायले बताउनुभयो।
चित्र बुढा मगर





