अर्थपर्यटकराजनीति

नेपालमा लगानी गरी मुनाफा बाहिर लैजान सरकारले अवरोध गर्दा विदेशी कम्पनी डराए : महामन्त्री थापा

नेपालमा लगानी गरी मुनाफा बाहिर लैजान सरकारले अवरोध गर्दा विदेशी कम्पनी डराए : महामन्त्री थापा

नेपालमा लगानी गरी मुनाफा बाहिर लैजान सरकारले अवरोध गर्दा विदेशी कम्पनी डराए : महामन्त्री थापा

काठमाडौँ —कांग्रेस महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने कम्पनीलाई मुनाफा बाहिर लैजाने क्रममा सरकारले अवरोध गर्दा वैदेशिक लगानी नआएको बताएका छन् । सरकारको नीतिका कारण विदेशी कम्पनी नेपालमा लगानी गर्न डराइरहेको थापाको भनाइ थियो

मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा महामन्त्री थापाले नेपालमा लगानीमैत्री वातावरण बनाउन नसकिएको बताए ।

‘नेपालमा अहिले लगानी गरेर मुनाफा कमाएर बाहिर लग्न खोज्ने तीन कम्पनीहरूलाई सरकारले अवरोध सिर्जना गर्दा उनीहरू र अन्य कम्पनीहरू पनि नेपालमा लगानी गर्न डराइरहेका छन् । ती कम्पनीहरूको नाम लिन म पनि डराइरहेका छु,’ थापाले भने, ‘हामीलाई फाइदा चाहिएको छ तर हामीले वातावरण बनाउन सकिरहेका छैनौं ।’

नेपालले विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिदेओस् भन्ने चाहेरमात्र उनीहरू लगानी गर्न नआउने थापाको भनाइ थियो । सरकारले विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उनको तर्क थियो ।

ITPF

रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उनले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने धारणा राखे । ‘हामी सबैले हाम्रा छोराछोरी यही नेपालमै बसुन् भनेर चाहिरहेका छौं । तर त्यसका लागि हामीले के गरेका छौं ? यसका लागि के गर्ने त अब ? हामीले पाँच लाख मानिसलाई एक आर्थिक वर्षमा रोजगारी दिनुपर्छ । सिर्जना गर्नुपर्छ । हामी रोजगारीलाई वर्षमा नाप्दैनौं,’ थापाले भने, ‘राजस्व र विकास निर्माणमा जोड्छौं, यसरी हुदैन । रोजगारी सिर्जना सरकारले गर्न सक्दैन । रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो तर सरकारले त्यसको लागि वातावरण बनाइदिनुपर्छ । रोजगारी सिर्जनाका गर्नको निजी क्षेत्रमा लगानी चाहिन्छ । कसैले दया गरेर त लगानी आउँदैन । नीजि क्षेत्रले मुनाफा गर्नुलाई समाजले जहिलेसम्म स्वीकार्दैन तबसम्म रोजगारी सिर्जना हुन सक्दैन ।’

थापाले एमाले र कांग्रेसको सरकारले रोजगारीको मुद्दालाई प्रतिस्पर्धाको विषय बनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरूले २०८४ को मात्र कुरा गर्ने भन्दै अहिलेको जिम्मा कसले लिने हो ? भन्दै प्रश्न गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button