Header Addसमाचारसुरक्षा र कुटनितीस्थानीय तह विशेष
जिल्ला निर्वाचन कार्यलय जाजरकाेटले गर्याे संचारकर्मी संग अन्तरक्रिया कार्यक्रम

जाजरकोट / आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग निर्वाचन तथा आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा मतदाता शिक्षा प्रभावकारी बनाउने, निर्वाचनसम्बन्धी सूचना छिटो–छरितो र तथ्यमा आधारित रूपमा प्रवाह गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। निर्वाचन अवधिभर सञ्चारमाध्यमले जिम्मेवार र संवेदनशील ढंगले समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा विशेष जोड दिइएको थियाे ।
